०१ साउन २०८३, शुक्रबार

एक प्रश्नको सही उत्तर जसले केही क्षणमै करोडपति बनायो !

कात्तिक २०, २०७४
एक प्रश्नको सही उत्तर जसले केही क्षणमै करोडपति बनायो !
कसलाई करोडपति बन्न मन हुँदैन र ? तर त्यसकालागि खास मिहेनत गर्न परेन भने ?

थोरै मिहेनत गर्दा मात्र पनि करोडपति बन्न पाइने भए जो कोही बन्ने थिए । तर त्यसका लागि पनि अवसर आउनु पर्छ । यस्तै एक अवसर पाएकी छिन् एक महिलाले ।

अनामिका मजूमदार नाम गरेकी एक महिला एकाएक करोपति बनेकी छिन् । त्यो पनि एक प्रश्नको जवाफ दिएकै भरमा ।

टेलिभिजन रियालिटी शो कौन बनेका करोडपति कार्यक्रममा भाग लिएकी अनामिका यस सिजनको पहिलो करोडपति बनेकी छिन् । भारतीय टीभि च्यानल सोनीबाट प्रशारण हुने कार्यक्रममा उनले प्रश्तोता अमिताभ बच्चनले सोधेको प्रश्नको जवाफ दिँदा करोड जितिन् ।

पहिलो प्रश्नको सही उत्तर दिन १ हजार जित्ने अवस्था देखि खेलमा सहभागी अनामिकाले १४ प्रश्नको सही जवाफ दिइन् । १५ औं नम्बरको प्रश्नको उत्तर दिँदा उनले एक करोड भारतीय रुपैयाँ जित्ने अवस्था आएको थियो ।

एक करोडका लागि गरिएको प्रश्नमा उनलाई भारतीय संविधानसम्बन्धी प्रश्न गरिएको थियो । उनलाई भारतीय संविधानको मूल प्रतिलाई चित्रण गर्न कुन चित्रकारलाई सुम्पिएको थियो ?

अप्सनमा रहेका राम किंकर वैज, दोस्रो विनोद बिहारी मुखर्जी तेस्रो अवनीन्द्रनाथ टैगोर र चौथो नन्दलाल बोस थिए । अनामिका यो प्रश्नमा केही बेर अड्कीइन् । अन्तिममा उनले नन्दलाल बोसमा तला लगाइन् जुन सही सावित भयो र उनले १ करोड हात पारिन् त्यसपछि उनले १६ औं प्रश्नमा जानु भन्दा खेलबाट बाहिरिने निर्णय गराइन् ।

एक टेलिभिजन कार्यक्रमको माध्यमबाट सामान्य व्यक्ति करोडपति बनेकी छिन् ।

salt training

कमेन्ट गर्नुहोस्