११ साउन २०८३, सोमबार

पर्साका पासवानलाई गोपाल गिरी पत्रकारिता पुरस्कार

माघ १, २०८०
पर्सा
पर्साका पासवानलाई गोपाल गिरी पत्रकारिता पुरस्कार

यस वर्षको गोपाल गिरी स्मृति पत्रकारिता पुरस्कार पर्साका पत्रकार वृजलाल पासवानलाई प्रदान गरिएको छ ।

नेपाल पत्रकार महासङ्घ पर्सामा आज आयोजित एक कार्यक्रममा नेपाली कांग्रेसका नेता अजयकुमार चौरसियाले पत्रकार पासवानलाई नगद रू ५० हजार तथा कदरपत्रसहित उक्त पुरस्कार प्रदान गरेका हुन् ।

त्यस अवसरमा महासंघका सचिव दीपेन्द्र चौहानले नेपालको पत्रकारिता क्षेत्रको विकासका लागि गोपाल गिरीले गरेको योगदानको चर्चा गरेका थिए ।

पत्रकार महासङ्घ पर्साका अध्यक्ष अनुप तिवारीको सभापतित्वमा भएको उक्त कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाल, पर्सा महासङ्घका पूर्व अध्यक्ष अशोक तिवारी, स्व गिरीका सुपुत्र गिरिश गिरी, प्रहरी उपरीक्षक कोमलविक्रम शाह, सशस्त्र प्रहरी उपरीक्षक किशन कर्माचार्यले नेपालको राजनीनितिक क्षेत्रमा निर्वाह गरेको भूमिकाको स्मरण गरेका थिए ।

नेपाल पत्रकार महासङ्घ पर्सा शाखाका तत्कालीन अध्यक्ष गोपाल गिरीको २०६० साल माघ १ गते विद्रोही समूह माओवादीले हत्या गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्