१३ असार २०८३, शनिबार

इन्डोनेसियामा कराओकेमा आगलागी हुँदा ६ जनाको मृत्यु, ९ जना घाइते

माघ १, २०८०
काठमाडौं
इन्डोनेसियामा कराओकेमा आगलागी हुँदा ६ जनाको मृत्यु, ९ जना घाइते

इन्डोनेसियाको मध्य जाभा प्रान्तको तेगल शहरमा रहेको तीन तले कराओके लाउन्जमा सोमबार बिहान भएको आगलागीमा  ६ जनाको मृत्यु हुनुका साथै ९ जना घाइते भएका छन् ।  
शहर प्रहरीले जनाए अनुसार स्थानीय समय बिहान ८ बजे आगलागी भएको र दुईवटा दमकल र एउटा क्रेन ट्रकसहितको दमकल तत्काल घटनास्थलमा पठाइएको  छ ।
यसैबीच, शहरको स्वास्थ्य एजेन्सीका प्रमुख जेनल अबिदिनले १५ जनालाई बाहिर निकालेर नजिकैको अस्पतालमा ल्याइएको  बताएका छन् ।
विषाक्त ग्यासको धुवाँबाट ६ जनाको मृत्यु भएको र घाइते ९ जनाको अस्पतालमा सघन उपचार भइरहेको उनले बताए । आगलागीको कारणबारे अनुसन्धान भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्