३१ जेठ २०८३, आइतबार

माघेसङ्क्रान्ति मेला भर्न देवघाटमा पाँच लाख भक्तजन

माघ १, २०८०
तनहुँ
माघेसङ्क्रान्ति मेला भर्न देवघाटमा पाँच लाख भक्तजन

माघेसङ्क्रान्ति मेला भर्न तनहुँको पवित्र धार्मिकस्थल देवघाटधाममा करिब पाँच लाख भक्तजन आएका छन् । देवघाट क्षेत्र विकास समिति तनहुँका कार्यकारी निर्देशक सदन बरालले आज बिहानैदेखि देवघाटमा करिब पाँच लाख भक्तजनले मेला भर्नुका साथै वेणीसङ्गममा स्नान गरेको बताए । 

बरालले भने, “देवघाटमा हिजो बेलुकादेखि नै भक्तजनको आगमन भएको थियो । आज बिहानैदेखि झन् भीड बढ्यो । हाम्रो लक्ष्यबमोजिमको उपस्थिति भएको अनुमान छ ।” मेलालाई सभ्यरुपमा सम्पन्न गराउनका लागि शान्तिसुरक्षाको प्रबन्ध मजबुद बनाइएकाले पनि कुनै घटना नभएको उनको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्