२२ जेठ २०८३, शुक्रबार

लास भेगास हत्याकाण्ड मच्चाउने प्याडककी प्रेमिका फिलिपिन्समा, सोधपुछका लागि अमेरिका झिकाइँदै

कात्तिक २०, २०७४
लास भेगास हत्याकाण्ड मच्चाउने प्याडककी प्रेमिका फिलिपिन्समा, सोधपुछका लागि अमेरिका झिकाइँदै

काठमाडौं, १८ असोज — अमेरिकाको लास भेगासमा आइतवार राति अन्धाधुन्ध गोली चलाएर ५९ जनाको हत्या गर्ने स्टिफन प्याडकले केही दिनपहिले एक लाख डलर फिलिपिन्स पठाएको खबर आएको छ ।


यस घटनाको अनुसन्धान गरिरहेका प्रहरी अधिकारीहरूले यसरी रकम पठाएको पत्ता लगाएका हुन् । तर प्याडकले किन नरसंहार गरे भन्ने विषयमा प्रहरीको अनुसन्धान जारी छ ।

अधिकारीहरू प्याडकको आर्थिक कारोबारका विषयमा अनुसन्धान गरिरहेका छन् । प्याडकलाई जुवाको कुलत लागेको चाहिँ उनीहरूले पत्ता लगाएका छन् ।

अनुसन्धानमा प्याडकका सम्बन्धमा विगत तीन वर्षयता २०० वटा शंकास्पद गतिविधिको रिपोर्ट आएको खुलेको छ । क्यासिनोमा उनले गरेको कारोबारलाई सन्देहको घेरामा राखिएको हो ।

एनबीसी न्युज रिपोर्टअनुसार, फिलिपिन्सस्थित एक बैंकको खातामा अघिल्लो हप्ता एक लाख डलर जम्मा गरिएको थियो ।

अधिकारीहरूका अनुसार, ६२ वर्षीया मारिलू डानली प्रायः जसो प्याडकसँगै बस्थिन् तर आइतवार घटना भएको दिन उनी फिलिपिन्समा थिइन् । तर प्याडकले प्रेमिकालाई नै यति ठूलो रकम पठाएको हो कि उसको अर्को कुनै उद्देश्य थियो भन्ने थाहा हुन सकेको छैन ।

लास भेगासका प्रमुख प्रहरी अधिकारी जोसेफ लोम्बार्डोले डानली यस घटनाको महत्त्वपूर्ण कडी भएको बताएका छन् । एफबीआईले उनलाई फिलिपिन्सबाट अमेरिका झिकाएर सोधपुछ गर्ने अनि त्यसबाट प्याडकको उद्देश्यका बारेमा थाहा पाइने लोम्बार्डोले बताए ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्