
भारतीय पूर्व क्रिकेटर सचिन तेन्दुलकर 'डी-फेक' भिडियोको सिकार भएका छन् । उनको आवाज डब गरिएको हो । एक गेमिङ एपको प्रोमोसनमा उनको डी-फेक भ्वाइस प्रयोग गरिएको हो ।
जुन भिडियो सामाजिक सञ्जालमा भाइरल छ । फेक भीडियोमा उनी आफ्नी छोरी साराको साथमा नजर आएका छन् ।
सचिनले सामाजिक सञ्जालमार्फत् उक्त भिडियो नक्कली भएको प्रष्टीकरण दिएका छन् ।