२३ असार २०८३, मंगलबार

सवारी दुर्घटना न्यूनीकरण गर्न रास्वपाले गरायो सरकारको ध्यानाकर्षण

माघ २, २०८०
काठमाडौं
सवारी दुर्घटना न्यूनीकरण गर्न रास्वपाले गरायो सरकारको ध्यानाकर्षण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सवारी दुर्घटना न्यूनीकरण गर्न सरकारको ध्यानाकर्षण गराएको छ।​​​​​​

रास्वपा सहमहामन्त्री सुमना श्रेष्ठ, सचेतक निशा डाँगी र पूर्वधार विभागका सचिव कृष्ण भेटवालले आज भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालामार्फत दुर्घटना न्यूनीकरण गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

गत पुस २८ गते एकैदिन दाङको भालुवाङ, काठमाडौंको चन्द्रागिरि र बागलुङको ढोरपाटनमा भएका सवारी दुर्घटनामा २० जनाको ज्यान गएको सन्दर्भ उल्लेख गर्दै रास्वपाले सरकारको ध्यानाकर्षण गराएको हो।

‘ठूला दुर्घटनापिच्छे छानबिन समिति बन्छ। तर त्यसका प्रतिवेदन कार्यान्वयनमा ल्याइँदैन। चालक या यान्त्रिक गडबडीलाई दोष दिएर नियामक निकाय उम्किने गलत प्रवृत्तिको निरन्तरता कहिलेसम्म कायम रहन्छ’, रास्वपाले बुझाएको धयानाकर्षण पत्रमा उल्लेख छ ।

यस्तै, चालक अनुमति पत्र (लाइसेन्स)मा कडाइ, सुरक्षित सडक निर्माण र सवारीको यान्त्रिक परीक्षणलाई अनिवार्य गर्नेगरी नीतिगत सुधार किन गर्न नसकिएको भन्दै रास्वपाले प्रश्न गरेको छ ।​

यस्तो छ रास्वपाको ध्यानाकर्षण पत्र 

null

salt training

कमेन्ट गर्नुहोस्