
विवादास्पद निर्वाचअघि बढ्दो उग्रवादसँग लडिरहेको पाकिस्तानले आगामी महिना निर्वाचनअघि आफ्ना उत्तरपश्चिमी क्षेत्रमा हजारौँ सुरक्षा बल तैनाथ गर्ने अधिकारीहरूले बताएका छन् ।
कारागारमा रहेका लोकप्रिय विपक्षी नेता इमरान खानलाई उम्मेदवार हुनबाट रोक लगाइएको र पहिलादेखि नै निर्वाचनपूर्व धाँधलीको आरोपमा ढिलाइ भएको निर्वाचनमा फेब्रुअरी ८ मा २४ करोडले मतदान गर्नेछन् ।
पाकिस्तानमा अघिल्ला निर्वाचन अभियानहरूमा हिंसाका घटनाहरू भएका छन् जसमा धेरै उम्मेदवार र मतदातालाई इस्लामी बम विस्फोट तथा बन्दुक हमलाको निशाना बनाइएको छ ।
फेब्रुअरीको पहिलो सातामा करिब पाँच हजार अर्धसैनिक फ्रन्टियर कन्स्टेबुलरी (एफसी) बल अफगानिस्तानको सीमा जोडिएको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा तैनाथ हुने कमान्डर मोअज्जम जाह अन्सारीले जानकारी दिए ।