१७ असार २०८३, बुधबार

‘विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार मेलम्चीको पानी प्रशोधन’

माघ ३, २०८०
काठमाडौं
‘विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार मेलम्चीको पानी प्रशोधन’

खानेपानी मन्त्रालयले मेलम्ची खानेपानी आयोजना घरघरमा पठाउँदा विश्व स्वास्थ्य संगठनको मापदण्ड पूरा गरिएको स्पष्ट पारेको छ ।  
मन्त्रालयले एक सार्वजनिक विज्ञप्ति प्रकाशित गरी माघ १ गतेदेखि वितरण गरिएको पानीको गुणस्तरीयतामा शंका नगर्न सबैमा अनुरोध गरेको हो । 

‘मेलम्ची खानेपानी आयोजनाको प्रशोधन केन्द्र सुन्दरीजलमा विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिम प्रशोधन गरी प्रशारण गरिएको छ। पुराना वितरण पाइप लाइनहरू लामो समयसम्म सञ्चालन नहुँदा पाइपमा रहेको माटोको अवशेषका कारण पानी वितरण क्रममा केही समय पानी धमिलो आउनसक्ने भएता पनि फ्लसिङ सँगै क्रमशः सफा पानी प्रवाह हुने भएकोले खानेपानीको गुणस्तरमा शंका नगर्न र बाहिरी हल्लाहरूको पछि नलाग्न हुन मन्त्रालय र मन्त्रालय मातहतका खानेपानी उत्पादन र वितरणसँग सम्बन्धित निकायहरू सबैमा हार्दिक अपिल गर्दछ,’ मन्त्रालयले जारी गरेको सार्वजनिक विज्ञप्तिमा उल्लेख छ । 

यस्तै पानी वितरणका क्रममा कुनै समस्या उत्पन्न भएको खण्डमा खबर गर्न पनि मन्त्रालयले आग्रह गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्