०३ साउन २०८३, आइतबार

नेपाली सेनाले गर्‍यो ऐतिहासिक मालागढीको सरसफाइ

माघ ३, २०८०
काठमाडौं
नेपाली सेनाले गर्‍यो ऐतिहासिक मालागढीको सरसफाइ
फाइल फोटो

नेपाली सेनाले रसुवाको गोसाइँकुण्ड गाउँपालिकाअन्तर्गत नेपाल–चीन सिमानामा अवस्थित ऐतिहासिक मालागढीको क्षेत्रको सरसफाइ गरेको छ ।

लाङ्टाङ राष्ट्रिय निकुञ्जको संरक्षणमा खटिएको विष्णुदल गणका गणपति विक्रम थापाको नेतृत्वमा सेनाका अधिकृत तथा जवानले सो क्षेत्रको सरसफाइ गरेका हुन् । साथै राष्ट्रिय झण्डा फहराउने काम सम्पन्न भएको सेनाले जनाएको छ । 

ऐतिहासिक क्षेत्रको संरक्षण साथै सुरक्षामा योगदान पुर्‍याउँदै आएको सेनाले भौगोलिक विकटता रहेका स्थानमा अवस्थित नेपाल–चीनको सीमाक्षेत्रको अनुगमन समेत गर्दै आएको छ ।

मालागढी क्षेत्रमा सुरक्षापोष्ट स्थापना गर्नुपर्ने त्यहाँका बासिन्दाले माग गर्दै आएका छन् । 

मालागढीमा सशस्त्र प्रहरीको बीओपी पोष्ट स्थापना गर्न जिल्लास्तरबाट प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा मालपोत, नापीसमेत निकायको बैठकले सिफारिश समेत सम्बन्धित निकायमा पठाएको जनाइएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्