
काठमाडौंको ब्रम्हटोलस्थित एक घरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।
काठमाडौं महानगरपालिका १२ ब्रम्हटोलस्थित देवनारायण डंगोलको घरमा बुधवार बिहान विद्युत् शर्ट भई आगलागी हुँदा ४५ वर्षीय राजेन्द्रमान डंगोलको मृत्यु भएको हो ।
प्रहरीका अनुसार राजेन्द्रमानको जलेर मृत्यु भएको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।