१६ असार २०८३, मंगलबार

इलामका उच्च पहाडी क्षेत्रमा बाक्लो हिमपात

माघ ३, २०८०
इलाम
इलामका उच्च पहाडी क्षेत्रमा बाक्लो हिमपात
फाइल तस्वीर

इलामका उच्च पहाडी क्षेत्रमा बाक्लो हिमपात भएको छ । केही क्षेत्रमा वर्षासँगै हिमपात भएको हो । 
जिल्लाका पर्यटकीयस्थल सन्दकपुर गाउँपालिका, माईजोगमाई गाउँपालिका, सूर्योदय नगरपालिका तथा देउमाई नगरपालिकाको माथिल्ला क्षेत्रमा मङ्गलबार साँझदेखि नै हिउँ पर्न थालेको छ । 

देउमाई नगरपालिकाको राँकेलगायत क्षेत्रमा हिउँ परेपछि सवारी साधन सञ्चालनमा  समस्या भएको  छ । हिमपातका कारण मेघमा, तुम्लिङ, टङ्लु, जौबारी, गैरीबास, फालुटक्षेत्रको जनजीवन प्रभावित भएको छ ।  

बाक्लो हिमपातले गर्दा घर बाहिरको काम गर्न समस्या भएको स्थानीय लाक्पा शेर्पाले बताए। यद्यपि हिउँले सुक्खा जमिन चिसो हुँदा किसानलाई भने राहत भएको उनी बताउँछन्। 

पूर्वी पहाडी जिल्ला ताप्लेजुङ, पाँचथरमा पनि मङ्गलबारदेखि नै हिमपात भएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्