
काठमाडौं, १८ असोज- सपोर्ट माइक्रोफाइनान्सले ससाधारण शेयर आइपिओ जारी गरेको छ । फाइनान्सले बुधबार एक लाख ८० हजार कित्ता शेयर जारी गरेको हो । जसमध्ये दुई प्रतिशत कर्मचारी र पाँच प्रतिशत सामूहिक लगानी कोषहरुका लागि छुट्याएको छ । एक सय अंकितमूल्य रहेको शेयर २३ असोजसम्म बिक्री खुला रहनेछ । उक्त मितिमा पनि बिक्री नभएमा १६ कात्तिकसम्मको अवधि थपिनेछ ।
कम्पनीको बिक्री प्रबन्धक एनएमबी क्यापिटल तोकिएको छ । चुक्ता पूँजी ६ करोड रुपैयाँ पुर्याउने लक्ष्यका साथ उक्त कम्पनीले शेयर निष्कासन गर्न लागेको हो । हाल उक्त कम्पनीको पूँजी चार करोड २० लाख रुपैयाँ छ । असार ०७२ देखि सञ्चालनमा आएको उक्त कम्पनीको कार्यक्षेत्र १० जिल्ला र केन्द्रीय कार्यालय सुनसरीमा छ ।