×

NMB BANK
NIC ASIA

फिल्मफेयर अवार्डका लागि मनोनयन घोषणाः शाहरुख अभिनेतातर्फ २ ठाउँमा मनोनीत

काठमाडाैं | माघ ३, २०८०

NTC
Premier Steels

एनएनआई–भारतको ६९ औं फिल्मफेयर अवार्ड–२०२४ का लागि मनोनयन घोषणा गरिएको छ । निर्देशक करण जोहर, वरुण धवन र जान्हवी कपुरले मुम्बईमा बुधवार आयोजित पत्रकार सम्मेलनमा मनोनयन घोषणा गरेका हुन् ।

Muktinath Bank

शाहरुख खानले उत्कृष्ट अभिनेताका लागि दुईवटा मनोनयन प्राप्त गरेका छन् । एउटा फिल्म ‘जवान’ र अर्को ‘डंकी’का लागि उनी मनोनीत भएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रणवीर कपुर स्टारर फिल्म ‘एनिमल’ यो वर्ष सबैभन्दा बढी १९ विधामा मनोनयन भएको छ । विक्रान्त मेसी अभिनित फिल्म ‘ट्वेल्थ फेल’ले पनि केही प्रमुख विधामा मनोनयन प्राप्त गरेको छ ।


Advertisment
Nabil box
Kumari

सर्वश्रेष्ठ फिल्मको विधामा ‘ट्वेल्थ फेल’, ‘एनिमल’, ‘जवान’, ‘ओएमजी २’, ‘पठान’ र ‘रकी और रानीकी प्रेम कहानी’ मनोनीत छन् ।

Vianet communication

सर्वश्रेष्ठ निर्देशकमा ‘ओएमजी २’ बाट अमित राय, एटली (जवान), करण जोहर (रकी और रानीकी प्रेम कहानी), सन्दीप रेड्डी वांगा (एनिमल), सिद्धार्थ आनन्द (पठान) र विधुविनोद चोपडा (ट्वेल्थ फेल) छन् ।

null

सर्वश्रेष्ठ क्रिटिक फिल्ममा ‘ट्वेल्थ फेल’, ‘भीड’, ‘फराज’, ‘जोरम’, ‘सामबहादुर, थ्री अफ अस’, ‘ज्वीगाटा’े छन् । सर्वश्रेष्ठ अभिनेतातर्फ रणवीर कपुर (एनिमल), रणवीर सिंह (रकी और रानीकी प्रेम कहानी), शाहरुख खान (डंकी र जवान), सनी देओल (गदर २), विक्की कौशल (सामबहादुर) छन् ।

सर्वश्रेष्ठ अभिनेत्रीतर्फ आलिया भट्ट (रकी और रानीकी प्रेम कहानी), भूमि पेड्नेकर (थ्यांक्यु फर कमिङ), दीपिका पादुकोण (पठान), कियारा आडवाणी (सत्यप्रेमकी कथा), रानी मुखर्जी (मिसेज चटर्जी अफ नर्वे) र तापसी पन्नु (डंकी) छन् ।

फिल्मफेयर अवार्ड आगामी जनवरी २८ मा गुजरातको गान्धीनगरमा आयोजना हुँदैछ । यसलाई बलिउड फिल्मको सबैभन्दा ठूलो अवार्ड मानिन्छ । २७ जनवरीमा प्राविधिक अवार्ड समारोह आयोजना गरिनेछ, जसको होस्ट आयुष्मान खुरानाले गर्नेछन् ।

२८ जनवरीमा हुने मुख्य कार्यक्रम आयुष्मानसँगै करण जोहर र मनीष पलले होस्ट गर्नेछन् । यस वर्ष रणवीर कपुर, कार्तिक आर्यन, सारा अली खान, वरुण धवन, जान्हवी कपुर र करिना कपुरले समारोहमा प्रस्तुति दिनेछन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x