२८ जेठ २०८३, बिहीबार

एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद शेयर निष्कासन

कात्तिक २०, २०७४
एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद शेयर निष्कासन
exces
काठमाडौं, १८ असोज- एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद शेयर १८ असोज बुधबारबाट देखि निष्कासन भएको छ । गत भदौ २१ गते सम्म शेयर स्वामित्व भएका लगानीकर्ताका लागि हकप्रद शेयर निष्कासन गरिएको हो । आगामी कात्तिक २१ सम्मलाई आवेदन दिने समय छ ।

सय रुपैयाँ अंकितमूल्य रहेको हकप्रद शेयरका लागि आवेदन दिन दुई कित्ता शेयर हुने लगानीकर्ताले एक कित्ताको दरमा दिनुपर्नेछ । बिक्री प्रबन्धक एस क्यापिटल, नेपाल इन्भेस्टमेन्ट बैंकका शाखा र एक्सेल बैंककै शाखाहरुबाट आवेदन दिन सकिनेछ ।

हकप्रद जारी गरेपछि कम्पनीको चुक्ता पूँजी ५७ करोड ६८ लाख रुपैयाँ पुग्नेछ । गत आवमा बैंकले १५ करोड नाफा गरेको प्रक्षेपित वित्तीय विवरणमा उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्