
खुलामञ्चमा दुईवटा प्लास्टिकको दुबो कार्पेटसहितको अन्तर्राष्ट्रिय स्तरको फुटबल मैदान बनाउने काठमाडौं महानगरपालिकाको निर्णयको सबैतिरबाट विरोध भएको छ। महानगरले खुल्ला मञ्च मासेर फुटबल मैदान बनाउन खोजेपछि त्यसको सर्वत्र विरोध भएको हो।
यसअघि विरोधकै कारण भूमिगत पार्किङ बनाउने निर्णयबाट पछि हटेको महानगरपालिकाले अहिले फुटबल मैदान बनाउने योजना अघि सारेको हो।
महानगरले खुलामञ्चमा पाँच करोड रुपियाँको लागतमा फुटबल मैदान बनाउन खरिद प्रक्रिया नै अघि बढाइसकेको छ। सो कार्यका लागि विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) समेत तयार भइसकेको महानगरपालिकाले जनाएको छ। नेपाल समाचारपत्रमा खबर छ ।