२८ असार २०८३, आइतबार

भारतले तोड्यो नेपालका तीन विश्व कीर्तिमान

माघ ४, २०८०
काठमाडौं
भारतले तोड्यो नेपालका तीन विश्व कीर्तिमान

भारतीय क्रिकेट टिमले नेपालले बनाएका तीन विश्व कीर्तिमान तोडेका छ । भारतले तेस्रो तथा अन्तिम टी-२० आई खेलमा अफगानिस्तानमाथि दोस्रो सुपर ओभरमा रोमान्चक जीत हात पार्ने क्रममा नेपालका तीन विश्व कीर्तिमान तोडेको हो । 

भारतले अन्तिम दुई ओभरमा ५८ रन जोडेको थियो । टी-२० क्रिकेटमा कुनै पनि टोलीले अन्तिम दुई ओभरमा जोडेको यो सर्वाधिक रन हो । यसअघि गत सेप्टेम्बरमा चीनमा भएको १९ औं एसियाली खेलकुलमा मंगोलियाविरुद्ध नेपालले अन्तिम २ ओभरमा ५५ रन जोडेको थियो । 

यस्तै, भारतले डेथ ओभर अर्थात अन्तिम पाँच ओभरमा अफगानिस्तानविरुद्ध १०५ रन जोड्यो । टी-२० आईमा डेथ ओभरमा जोडेको यो सर्वाधिक रन हो । यसअघि मंगोलियाविरुद्ध नेपालले डेथ ओभरमा जोडेको ८९ रन नै सर्वाधिक थियो ।

टी-२० आईमा पाँचौं विकेटका लागि नेपाली खेलाडीले गरेको उच्च साझेदारी पनि भारतले तोडेको छ । अफगानिस्तानविरुद्ध रिंकु र रोहितले पाँचौं विकेटका लागि ९५ बलमा १९० रनको विश्व कीर्तिमानी साझेदारी गरे ।

गत अक्टोबरमा मुलपानी क्रिकेट मैदानमा त्रिकोणात्मक टी-२० आई सिरिजमा नेपालका दीपेन्द्र सिंह ऐरी र कुशल मल्लले हङकङविरुद्ध १ ४५ गरेको कीर्तिमानको साझेदारी गरेका थिए । 

यसअघि जितको लागि २१३ रनको विजयी लक्ष्य पछ्याएको अफगानिस्तानले २० ओभरमा ६ विकेट गुमाउँदै २१२ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो ।

सुपर ओभरमा अफगानिस्तानले १६ रन बनाएपछि पुन टाई भएको थियो । दोस्रो सुपर ओभरमा भारतले ११ रन बनाउँदा अफगानिस्तानले एक रन मात्रै बनाउन सक्यो ।

भारतले निकै रोमान्चक तेस्रो तथा अन्तिम टी-२० आई खेलको दोस्रो सुपर ओभरमा अफगानिस्तानलाई पराजित गरेको छ । योसँगै तीन खेलको सिरिजमा क्लिनस्वीप पनि गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्