
उत्तर भारतमा जारी शीतलहरले यातायात सेवा प्रभावित भएको छ । दिल्ली र आसपासका क्षेत्रमा बाक्लो कुहिरोका कारण सडक, रेल र हवाई यातायात प्रभावित भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
समाचार एजेन्सी एएनआईका अनुसार धेरै रेलहरू निर्धारित समयभन्दा ढिलो चलिरहेका छन्, जसका कारण यात्रुहरूले असुविधाको सामना गर्नुपरेको छ ।
केही रेलहरू निर्धारित समयभन्दा ६ घण्टा ढिलो छन् ।
बाक्लो कुहिरोका कारण उडानहरू समेत प्रभावित भएको समाचारमा उल्लेख छ ।