२८ जेठ २०८३, बिहीबार

'तीन पार्टीवीच एकता प्रयास हुँदैमा किन यस्तो खैलाबैला ?'

कात्तिक २०, २०७४
'तीन पार्टीवीच एकता प्रयास हुँदैमा किन यस्तो खैलाबैला ?'

काठमाडौं, १८ असोज-राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमाले, माओवादी केन्द्र र नयाँ शक्तिवीचको एकतालाई आफूहरुले नौलो विषयको रुपमा नलिएको र उनीहरुसँग आफ्नो पार्टीको एकता हुनै नसक्ने स्पष्ट पारे ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘हाम्रो पार्टीले उनीहरुसँग एकता गर्दैन्, चुनावी एकतामात्रै हुन्छ।’

साक्षात्कारमा बोल्दै अध्यक्ष केसीले तीन पार्टीवीच भएको एकत प्रयासलाई आफूले आश्चर्यको रुपमा नलिएको बताए । उनले भने,‘तीन पार्टीवीच एकता प्रयास हुँदैमा किन यस्तो खैलाबैला र रुवानी छ।’ संसदमा सँगै हिँडिरहेका दलहरुले चुनावी एकता गर्नु नौलो कुरा नभएको उनको टिप्पणी थियो ।

उनले भने,‘अहिले अचम्म हुनुपर्ने थिएन, बरु अचम्म त एमाले र माओवादी केन्द्रसँगै हुँदा जसरी माओवादी केन्द्रले अविश्वासको प्रस्ताव ल्यायो त्यो अचम्म थियो, यो त सामान्य नै हो।’ एमाले, माओवादी केन्द्र र नयाँ शक्तिको एउटै पहिरन, एउटै भान्छा भएकोले मिल्नु नौलो कुरा नभएको केसीले बताए ।

उनले मंसिरमा हुने चुनावमा एमाले–माओवादी केन्द्र र नयाँ शक्तिवीचको गठबन्धनसँगै मात्रै नभएर नेपाली कांग्रेससँगपनि तालमेल हुने जनाए । उनले भने,‘स्थानीय तहको निर्वाचनमा पनि हामीले धेरै ठाउँमा कांग्रेससँग तालमेल गरेका थियौं, फेरि पनि गर्छौं।’

salt training

कमेन्ट गर्नुहोस्