×

NIC ASIA

३ दशकदेखि आरन चलाएरै जीविकोपार्जन

काठमाडाैं | माघ ४, २०८०

Prabhu Bank
NTC
Premier Steels

घोराही–घोराही उपमहानगरपालिका–१ रामपुरका जीतबहादुर टमटा दम्पतीले तीन दशकदेखि आरन चलाएर जीविकोपार्जन गर्दै आएका छन् । ५७ वर्षीय जीतबहादुरले ३० वर्षदेखि आरन चलाउन थालेका हुन् । उनले घोराही–१४ मा आरन पेसा गर्दै आएका छन् ।

Muktinath Bank

जीतबहादुरले भने, ‘यो बाबुबाजेको पेसा भएकाले अन्य कामको विकल्प देखिएन् । आफूले जानेको सीप तथा पुख्र्यौली पेसा पनि भएकाले बाध्य भएर यसलाई नै निरन्तरता दिएका छौँ ।’ पहिले उमेरमा अरु पेसा गर्न आर्थिक समस्या भएको भन्दै अहिले अरु काम गर्न आफूसँग सीप नभएको उनको भनाइ थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

फलामबाट बन्ने विभिन्न किसिमका खुकुरी, हँसिया, फरुवा, कोदालोलगायत सामग्री निर्माण गरेर आउने ज्यालाले आफूहरूसहित पाँच जनाको परिवारको जीविकोपार्जन भइरहेको टमटा दम्पतीले जानकारी दिए । यो पेसामा श्रीमती सुन्तलीले सधैँ साथ दिएको उनले बताए ।


Advertisment
Nabil box
Kumari

तातेका फलामबाट कुटोकोदालो तथा हँसिया हतौडासम्म उनले बताए भने श्रीमतीले आगो फुक्ने तथा आवश्यक सामग्रीको व्यवस्था गरेर सहयोग गर्दै आएकी छिन् । दुवै मिलेर काम गर्दा व्यवसायमा सहज भएको सुन्तलीले बताइन् । आम्दानी प्रशस्त भइरहेकाले पनि उनीहरू यो पेसाबाट सन्तुष्ट देखिन्छन् । कहिलेकाहीँ ग्राहक टमटाको व्यवसाय खोज्दै आउँदा गर्व लाग्ने गरेको सुनाए । 

Vianet communication

जीतबहादुरले घरेलु तथा साना उद्योगको आयोजनामा केही वर्ष पहिले आधुनिक प्रविधिका सामग्री निर्माण गर्ने तालिम लिएको बताए । यसलाई निरन्तरता दिन आवश्यक रहेको उनको भनाइ थियो । 

टमटा दम्पतीले आरन पेसाबाट दैनिक रू दुई हजार पाँच सयसम्म आम्दानी गर्दै आएका जानकारी दिए । पुराना सामग्री मर्मत गर्ने र केही नयाँ बिक्री गर्दा प्रशस्त आम्दानी हुने गरेको जीतबहादुरको भनाइ थियो । 

टमटा दम्पतीले जस्तै नेपालगञ्ज स्थायी घर भएका मुसीर जसगरले पनि घोराही–१४ मा आरन पेसा गर्दै आएका छन् । २३ वर्षीय मुसीरले विगत आठ वर्षदेखि फलामबाट बन्ने विभिन्न सामग्री उत्पादन गरेर बिक्रीवितरण गर्दै आएका छन् । उनले हँसिया, खुकुरी, खुर्पा सबैभन्दा बढी बिक्री हुने गरेको बताए ।

मुसीरलाई उनका भाइ जसगरले सहयोग गर्दै आएका छन् । यही पेसाबाट वार्षिक रू ३०–४० हजारसम्म बचत गर्न सफल भएको उनले बताए । ‘आरन व्यवसायलाई बढाउँदै लैजाने मन छ । बाबुबाजेले गर्दै आएको पेसालाई निरन्तरता दिँदा खुसी छु । उत्पादित सामग्री बिक्री भइरहेको छ”, जसगरले भने, ‘सरकारीस्तरबाट पनि हाम्रो व्यवसायीलाई सहजताका लागि नयाँ सामग्री निर्माणमा सहयोग पुर्याउन तालिमको आवश्यकता छ । स्थानीय सरकारबाट पनि थप सीपका लागि तालिम दिए सहयोग पुग्ने थियो ।’

पछिल्लो समय धेरैजसो युवापुस्ताले चासो नदिँदा यो पेसा पुस्तान्तरण  हुन नसकेको उनको अनुभव छ । -रासस 
 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख १८, २०८१

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमा दिन मनाइँने बुद्धजयन्ती एवं लुम्बिनी दिवसको तयारी शुरू भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयअन्तर्गत रहेको लुम्बिनी विकास कोषले बुद्धजयन्ती एवं लुम्बिनी दिवसका रुपमा...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x