२२ असार २०८३, सोमबार

नेप्सेमा पनि राजनीतिक प्रभाव, दोहोरो अंकको गिरावट

कात्तिक २०, २०७४
नेप्सेमा पनि राजनीतिक प्रभाव, दोहोरो अंकको गिरावट
nepse
काठमाडौं, १८ असोज- सेयर बजार परिसुचक नेप्से बुधबार दोहोरो अंकले झरेको छ । नेप्से १३ दशमलव ७० अंकले झरेर एक हजार ५सय ४२ दशमलव ६५ अंकमा सीमित भएको हो । मंगलबार ६ दशमलव ८९ अंकले उक्लिएको नेप्से

बुधबार एकाएक दोहोरो अंकले झर्नुलाई पछिल्लो राजनीतिक प्रभाव प्रमुख कारक रहेको विश्लेषकहरुको भनाई छ । एकाएक राजनीतिक सरगर्मी बढेपछि लगानीकर्ताले सुधारको नदेखेपछि निराश बनेको बिश्लेषण गरिएको हो ।

बुधबार कारोबारमा पनि सामान्य वृद्धि भएको छ । २७ करोड ९७ लाख रुपियाँको सेयर किनबेच भएको नेप्सेले जनाएको छ । बुधबार अधिकांश समूहमा गिरावट देखिएको छ । सबैभन्दा बढि गिरावट व्यापार समूहमा एक दशमलव ६३ प्रतिशत रहेको छ भने त्यसपछि क्रमसः जलविद्युतमा एक दशमलव ४८ प्रतिशत, बाणिज्य बैंक समूहमा एक दशमलव २९ प्रतिशत, विकास बैंकमा एक दशमलव १८ प्रतिशतको गिरावट रहेको छ ।

वित्त र बीमा समूहको गिरावट एक प्रतिशतभन्दा कम छ भने उत्पादनमूलक र होटल समूहमा समान्य सुधार देखिएको छ । बुधबार सबैभन्दा धेरै कारोबार गर्ने कम्पनी नेपाल लाइफ इन्स्योरेन्सको कारोबार एक करोड ८२ लाख छ भने नाफा गर्नेमा दिव्यश्वरी हाइड्रोपावरका लगानीकर्ता अगाडि छन् । उनीहरुको सेयर ६ प्रतिशतले बढेको छ ।

salt training

कमेन्ट गर्नुहोस्