२३ जेठ २०८३, शनिबार

घट्यो प्याराग्लाइडिङको शुल्क

माघ ५, २०८०
काठमाडौं
घट्यो प्याराग्लाइडिङको शुल्क

मङ्सिरसम्म  उडानको  १२  हजार  रुपियाँ  लिँदै  आएका  पोखराका  प्याराग्लाइडिङ  कम्पनी  अहिले  सस्तोमा  उडान  भन्दै  विज्ञापन  गरिरहेका  छन् । उडानमा रहेको एकद्वार प्रणाली हटेपछि अहिले कम्पनीहरूले  तीनदेखि  चार  हजार  रुपियाँ  उडान  गरिरहेका हुन् ।

प्याराग्लाइडिङ  व्यवसायीबिचको  विवादले  खुला प्रणालीमा गएपछि उडान शुल्क ७५ प्रतिशतसम्म घटेको  हो  ।  गएको  मङ्सिर  अन्तिम  साता  २१  कम्पनीले उडानमा खुला प्रणाली माग्दै व्यवसायीको छाता संस्था नेपाल हवाई खेलकुद संस्था (ना) मा निवेदन दिएका थिए ।

व्यवसायीको मागबमोजिम खुला प्रणालीमा जाने निर्णय लिएपछि बढेको विवादले दुई साता उडान नै ठप्प बनेको थियो । नियमनकारी   निकाय   नेपाल   नागरिक   उड्डयन प्राधिकरण (क्यान) मा व्यवसायी आफैँले मूल्य तोकेर उडान गर्न सहमत जुटेपछि पुस १५ देखि  फेरि  उडान  सुरु  भएको  थियो  । गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्