०४ साउन २०८३, सोमबार

कृषिमन्त्री भुसालको जिकिर – पर्याप्त लगानी नहुँदा कृषिमा फड्को मार्न सकिएन

माघ ५, २०८०
सर्लाही
कृषिमन्त्री भुसालको जिकिर – पर्याप्त लगानी नहुँदा कृषिमा फड्को मार्न सकिएन
फाइल फोटो

कृषि तथा पशुपक्षी विकासमन्त्री डा. बेदुराम भुसालले कृषि क्षेत्रमा न्यून लगानी भएको बताएका छन् ।

आज सर्लाहीमा आयोजित दोस्रो डेरी, कृषि अनुसन्धान, उत्पादन तथा कृषि औजार प्रदर्शनीको अवसरमा उनले कृषिको क्षेत्रमा तीन प्रतिशतमात्रै बजेट विनियोजन हुने गरेको र त्यो पर्याप्त नभएको बताए ।

उनले कृषिमा सिँचाइ, मलखाद, बिउबिजनलगायत प्राविधियुक्त कृषिलाई अगाडि बढाउनु आवश्यक रहेको बताए । मन्त्री भुसालले कुल २० लाख ९१ हजार हेक्टर क्षेत्रफलमध्ये करिब १७ प्रतिशत भूमिमा मात्रै सिँचाइ सुविधा पुगेको बताए ।

उनले चुरे संरक्षण, प्राङ्गारिक मलको प्रयोगले मात्रै उत्पादनलाई बढावा दिन सकिने र त्यसको उचित बजार व्यवस्थापन गर्न जरुरी रहेको बताए । प्रविधिको विकाससँगै कृषि प्रविधिमा परिवर्तन आउन आवश्यक रहेको उनको भनाइ थियो । 

उनले कृषिजन्य उत्पादन र कृषिमा सुधारात्मक परिवर्तन ल्याउन प्रविधि, उद्योग, मल बिउ, सिँचाइलगायत व्यवस्थापनका साथै बजारको उचित व्यवस्था गर्न आवश्यक रहेको र बजारको मागअनुसार कृषिजन्य वस्तुको उत्पादन गर्दा कृषि क्षेत्रमार्फत नै फड्को मार्न सकिने बताए ।

किसानका उत्पादन र प्रविधियुक्त कृषिखेतीको प्रबर्द्धन र व्यवस्थापन गर्न सहज होस् भनेर कृषि अनुसन्धान, उत्पादन तथा कृषि औजार प्रदर्शनी मेला आयोजना गरिएको हरिवन नगरपालिकाका नगरप्रमुख एवं कार्यक्रमका अध्यक्ष रमेश बुढाथोकीले बताए ।

salt training

कमेन्ट गर्नुहोस्