×

NMB BANK
NIC ASIA

बेलायतद्वारा हिज्ब उत–तहरिरलाई आतङ्कवादी समूहका रूपमा प्रतिबन्ध

काठमाडाैं | माघ ५, २०८०

NTC
Premier Steels

सुन्नी इस्लामवादी राजनीतिक सङ्गठन हिज्ब उत–तहरिरलाई बेलायतमा औपचारिकरूपमा प्रतिबन्ध लगाइएको गृह मन्त्रालयले शुक्रबार बताएको छ । 

Muktinath Bank

गृहमन्त्री जेम्स क्लेभर्लीले उक्त समूहलाई गैरकानूनी घोषणा गर्ने प्रक्रिया सुरु गरिएको सोमबार घोषणा गरे । उनले उक्त समूहलाई यहुदी विरोधी उल्लेख गर्दै भने, “उक्त समूहले सक्रियरूपमा आतङ्कवादलाई बढावा दिन्छ र प्रोत्साहित गर्छ ।”


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सांसदहरूले यसअघि नै हिज्ब उत–तहरिरलाई प्रतिबन्धित ७९ समूहको सूचीमा जोड्ने मन्त्रीको प्रस्तावलाई अनुमोदन गरेका छन् । उक्त सूचीमा अल–कायदा र कथित इस्लामिक स्टेट समूह सामेल छन् । 


Advertisment
Nabil box
Kumari

    हिज्ब उत–तहरिरसँग सम्बन्धित वा उसका लागि ‘समर्थन निमन्त्रणा गर्ने’ लाई अब १४ वर्षसम्मको कारागार सजाय हुने तथा दोषी ठहर कुनै पनि व्यक्तिलाई जरिवाना र कारागार पनि हुनसक्ने गृह मन्त्रालयले विज्ञप्तिमा बताएको छ । 

Vianet communication

    हिज्ब उत–तहरिरले अक्टोबर ७ मा इजराइलमाथि हमासको आक्रमण र सम्बन्धित घटनाहरूको ‘प्रशंसा’ गरेका कारण समूहमाथि प्रतिबन्ध लगाउने कदम चालेको बेलायत सरकारले बताएको छ । 

    “हिज्ब उत–तहरिरसँग इजराइल तथा यहुदीविरुद्ध आक्रमणको व्यापकरूपमा प्रशंसा गरेको र खुसियाली मनाएको इतिहास छ”, विज्ञप्तिमा भनिएको छ, “बेलायत यहुदीविरोधी विरुद्ध दृढतासाथ खडा छ र कुनै पनि रूपमा आतङ्कवादको प्रवर्द्धनलाई सहने छैन ।”

    हिज्ब उत–तहरिरको दीर्घकालीन लक्ष्य इस्लामिक कानूनअन्तर्गत शासित खलिफाको स्थापना गर्नु हो । गृह मन्त्रालयका अनुसार सन् १९५३ मा स्थापना भएको यो समूह लेबनानस्थित छ र बेलायत, अमेरिका, क्यानाडा र अस्ट्रेलियासहित कम्तीमा ३२ मुलुकमा सञ्चालनमा छ । उक्त समूहलाई यसअघि नै बङ्गलादेश, इजिप्ट, जर्मनी, पाकिस्तान र धेरै मध्य एसियाली तथा अरब मुलुकमा प्रतिबन्ध लगाइएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x