०८ साउन २०८३, शुक्रबार

इरानसँगको सीमा क्षेत्रमा विवादपछि पाकिस्तानले बाेलायो आपतकालीन सुरक्षा बैठक

माघ ५, २०८०
काठमाडौं
इरानसँगको सीमा क्षेत्रमा विवादपछि पाकिस्तानले बाेलायो आपतकालीन सुरक्षा बैठक

इस्लामाबाद– पाकिस्तानका प्रधानमन्त्री अनवर उल हक काकरले हालै इरानी क्षेत्रमा ‘आतङ्कवादविरुद्ध’को लक्ष्यमा हवाई आक्रमणपछि शुक्रवार सेना र गुप्तचर प्रमुखसँग आपतकालीन सुरक्षा बैठक बोलाएका छन् ।

दुई देशबीचको साझा सीमा क्षेत्र बलुचिस्तानमा भएको दुर्लभ सैन्य कारबाहीले इजरायल–हमास युद्धका कारण उत्पन्न क्षेत्रीय तनावलाई थप बढावा दिएको छ ।

इरानले मङ्गलवार राति पाकिस्तानमा रहेको ‘आतङ्कवादी’ लक्ष्यमा क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको बताएको थियो भने पाकिस्तानले बिहीवार इरानभित्र रहेका लडाकूलक्षित गरी आक्रमण गरेको बताएको थियो ।

यसैबीच दुई आयाविक शक्तिराष्ट्रमा भएको तनावपछि संयुक्त राष्ट्रसङ्घ र संयुक्त राज्य अमेरिकाले संयमका लागि अपिल गरेका छन् भने चीनले दुई देशबीच मध्यस्थता गर्ने प्रस्ताव गरेको छ ।

‘प्रधानमन्त्रीले राष्ट्रिय सुरक्षा समितिको बैठक बोलाउनुभएको छ,’ प्रधानमन्त्रीको कार्यालयका प्रवक्ताले एएफपीलाई बताए । 

इस्लामाबादका सुरक्षा अधिकारीका अनुसार सेनाप्रमुख र गुप्तचर निकायका प्रमुख मध्याह्नको बैठकमा सहभागी हुनेछन् ।

विवादका कारण पाकिस्तानी प्रधानमन्त्री काकरले स्विट्जरल्यान्डको डाभोसमा हुने विश्व आर्थिक मञ्चको आफ्नो भ्रमण छोट्याएका छन् । 

उनको कामचलाउ सरकारले पाकिस्तानमा आम निर्वाचनको नेतृत्व गरिरहेको छ जुन केवल तीन हप्ता मात्र बाँकी छ र चुनाव पूर्व नै निर्वाचन स्वच्छ तथा स्वतनत्ररूपमा सम्पन्न हुनेमा आशङ्का व्यक्त गरिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्