२५ जेठ २०८३, सोमबार

घानामा बाल मृत्यु दर घट्दै

माघ ५, २०८०
काठमाडौं
घानामा बाल मृत्यु दर घट्दै

घानामा बाल मृत्यु दरमा निरन्तर गिरावट आएको छ । घाना तथ्याङ्क सेवाले बिहीबार सन् २०२२ मा घाना जनसाङ्ख्यिकीय र स्वास्थ्य सर्वेक्षण सार्वजनिक गरेको छ  ।

 सो तथ्याङ्क प्रतिवेदनमा देशभरका नवीनतम सर्वेक्षणहरू समावेश गरिएका छन् । प्रतिवेदनले सन् २०१४ देखि २०२२ सम्ममा देशको ५ वर्षमुनिको बाल मृत्युदर ३३.३ प्रतिशतले घटेको उल्लेख गरेको छ । त्यसैगरी पहिलो जन्मोत्सव अघि नै मृत्यु हुने बालबालिकाको मृत्युदर सोही अवधिमा ३१.७ प्रतिशतले घटेको बताएको छ ।
जीएसएसका सरकारी तथ्याङ्कविद् स्यामुएल एनिमले प्रतिवेदनले सरकारको स्वास्थ्य क्षेत्रका कार्यक्रमहरूले थुप्रै पक्षमा सकारात्मक नतिजा ल्याउने सङ्केत गरेको बताएका छन्। राष्ट्रिय तथ्याङ्कहरू सामान्यतया उत्साहजनक रहेको उनको टिप्पणी छ ।
 विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) मा घाना, लाइबेरिया, गाम्बिया र सियरा लियोनका लागि बहु-देशीय असाइनमेन्ट अधिकृत शर्मिला लारीफले पछिल्लो प्रतिवेदन तयार पारेकामा जीएसएसको प्रशंसा गर्दै यसले अन्तरराष्ट्रिय डाटाबेसमा योगदान पुर्याबउने र डब्ल्युएचओले सबैको उपयोग गर्ने बताएकी छन् । 

salt training

कमेन्ट गर्नुहोस्