
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको नाम र तस्वीर दुरुपयोग गरी सञ्चालित व्हाट्सएप नम्बर छेदु चमारको नाममा रहेको खुलेको छ ।
९८१४४८६४४९ नम्बर छेदु चमारको नाममा रहेको साइबर ब्यूरोका इन्सपेक्टर राजकुमार खड्गीले लोकान्तरलाई जानकारी दिए । ‘उक्त नम्बर छेदु चमारको नाममा रहेका खुलेको छ’, उनले भने, ‘तर उनलाई व्हाट्सएप चलाउन नआउने रहेछ ।’
खड्गीका अनुसार उक्त नम्बर अर्कै व्यक्तिले चलाइरहेको देखिएको छ ।
राष्ट्र बैंकले गत आइतवार एक सूचना प्रकाशित गर्दै गभर्नर अधिकारीको फोटो र नाम दुरुपयोग गरेर व्हाट्सएप सञ्चालन गरिएको जानकारी दिएको थियो ।
गभर्नर अधिकारीले बिहीबार मात्रै ब्यूरोमा त्यसविरुद्ध जाहेरी दिएका थिए ।