२२ जेठ २०८३, शुक्रबार

बालेनले खेदेका अधिकारी मधेशी आयोगमा

माघ ६, २०८०
काठमाडौं
बालेनले खेदेका अधिकारी मधेशी आयोगमा
बालेन शाह

सहसचिव प्रदीप परियार काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा सरुवा भएका छन् ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले परियारलाई राष्ट्रिय योजना आयोगबाट महानगरमा सरुवा गर्ने निर्णय गरेको हो ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीलाई भने मधेशी आयोगमा सरुवा गरिएको छ । 

महानगर प्रमुख बालेन साहले अधिकारीलाई हाजिरी गर्न नदिएपछि यो विषय निकै चर्चित बनेको थियो ।

कर्मचारीकी छोरीलाई जागिर लगाउने उद्देश्यले नगर सभाको निर्णयमा गरिएको कीर्तेलाई प्रमाणीकरण गरेको भन्दै बालेनले अधिकारीको कार्यकक्षमै ताला लगाएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्