२८ जेठ २०८३, बिहीबार

सातै प्रदेशमा केन्द्रीय प्रतिनिधि पठाउने राष्ट्रिय सभा निर्वाचन केन्द्रीय समितिको निर्णय

माघ ६, २०८०
काठमाडौं
सातै प्रदेशमा केन्द्रीय प्रतिनिधि पठाउने राष्ट्रिय सभा निर्वाचन केन्द्रीय समितिको निर्णय
फाइल फोटो

राष्ट्रिय सभा निर्वाचन केन्द्रीय समन्वय समितिले सातै प्रदेशमा प्रतिनिधि पठाउने निर्णय गरेको छ ।

समितिका संयोजक एवं नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकको संयोजकत्वमा शनिवार बिहान बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

राष्ट्रिय सभा निर्वाचनका लागि समन्वय र सहजीकरण गर्न विभिन्न प्रदेशमा समितिबाट प्रतिनिधि पठाउने निर्णय भएको समिति सचिव केशवराज जोशीले जानकारी दिए ।

उनका अनुसार सातै प्रदेशका उम्मेदवारसँग निर्वाचनबारे जानकारी लिई प्राप्त सुझावबारे आजको बैठकमा छलफल भएको थियो ।

सत्ता पक्षीय गठबन्धन राजनीतिक दलहरूले राष्ट्रिय सभा निर्वाचनका लागि केन्द्रीय समन्वय समिति गठन गरेका थिए ।

लेखक संयोजक रहेको समितिमा माओवादी केन्द्रका वर्षमान पुन, नेकपा एकीकृत समाजवादीका राजेन्द्रप्रसाद पाण्डे र जनता समाजवादी पार्टीका मनीष सुमन सदस्य छन् ।

salt training

कमेन्ट गर्नुहोस्