०२ असार २०८३, मंगलबार

नेपाललाई मेडिकल शिक्षाको गन्तव्य बनाउन सकिन्छ : मन्त्री बस्नेत

माघ ६, २०८०
सिन्धुपाल्चोक
नेपाललाई मेडिकल शिक्षाको गन्तव्य बनाउन सकिन्छ : मन्त्री बस्नेत

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले नेपाललाई मेडिकल शिक्षाको गन्तव्य मुलुकका रूपमा स्थापित गर्न सकिने बताएका छन् । 

आज सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–२ मेन्ज्ये गाउँमा ओग्र्येन साङ्ङाग देछ्येन छ्योलिङ गुम्बाको प्राण प्रतिष्ठा तथा उद्घाटन कार्यक्रममा बोल्दै बस्नेतले एक सयदेखि तीन सय शय्यासम्मको अस्पतालमा नर्स र पारामेडिक्स पढाउने तथा तीन सयभन्दा बढी शय्याका अस्पतालमा डाक्टर पढाउने गरी योजना बनाइरहेको बताए। 

कक्षा १२ सम्मको पढाइलाई  निःशुल्क गर्ने तथा आर्थिक अभावमा स्वास्थ्य सेवा पाउनबाट कुनै पनि नागरिकलाई बञ्चित नगरिने उनको भनाइ छ । स्वास्थ्य क्षेत्रमा ३२ हजारको सङ्ख्यामा नयाँ दरबन्दी आवश्यक रहेको उल्लेख गर्दै बस्नेतले उक्त जनशक्ति व्यवस्थापनका लागि सरकारले आन्तरिक तयारी गरिरहेको बताए । 
  
सिन्धुपाल्चोकवासीलाई आफूले चुनावका क्रममा गरेको प्रतिबद्धता पूरा गर्ने पनि उनले स्पष्ट पारे । “चुनावका बेलामा जे–जे गर्छौँ भनेका थियौँ, त्यो पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दछु । पाँच वर्षमा बोलेको भन्दा बढी काम गर्छौँ”, मन्त्री बस्नेतले भने, “मेलम्चीबाट हेलम्बु जाने बाटो निर्माणलाई र हेलम्बुमा वडास्तरका चारवटा अस्पताल बनाउने कार्यलाई प्राथमिकतामा राखिएको छ । वडामा बन्ने अस्पताललाई अत्याधुनिक ल्याबयुक्त बनाउने र सोहीअनुसार जनशक्ति पनि व्यवस्थापन हुनेछ ।” त्यसैगरी मेलम्ची अस्पताललाई १५ शय्याको अस्पताल बनाउने पनि बस्नेतको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्