
काठमाडौँ । काठमाडौँ चर्चित लोक तथा दोहोरी गायिका सङ्गम लामिछानेको नयाँ गीत ‘ए गौरी’ सार्वजनिक भएको छ । बद्री सापकोटा र सङ्गम लामिछानेको स्वर भएको उक्त गीतमा कृष्ण लामिछानेको शब्द तथा बद्री सापकोटाको सङ्गीत रहेको छ ।
उक्त गीतमा विनोद बाजुरालीको सङ्गीत संयोजन रहेको छ भने चर्चित मोडल अञ्जली अधिकारी तथा विमल अधिकारी साथै रिया खड्का र दीपक पौड्यालको अभिनय रहेको उक्त गीत सङ्गम लामिछाने युट्युब च्यानल बाट सार्वजनिक भएको छ । मौसम हिमाली को निर्देशन रहेको उक्त गीत नवराज उप्रेतीले खिचेका हुन्।
रामेछाप जिल्ला स्थायी घर भएकी बहुचर्चित काठे गीत हे मेरो सानुकि गायिका सङ्गम लामिछाने काठ क्षेत्रकी बहुत चर्चित गायिका हुन् । लामिछानेले यसपालि भने पश्चिमि गीत बजारमा लेराएकी हुन्।