
प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)ले महिलाको मुद्दालाई प्राथमिकताका साथ उठाउने भएको छ । पार्टीको आम महिला मोर्चाको बैठकबाट महिलाको मुद्दालाई पार्टीले उच्च महत्वका साथ उठाउँदै ५१ प्रतिशत अधिकार सुनिश्चितताका लागि पहल गर्ने निर्णय भएको हो ।
रौतहटको मौलापुर पार्क होटलमा बसेको उक्त बैठकले “महिलालाई राज्यको हरेक तह र निकायमा ५१ प्रतिशत अधिकारको सुनिश्चितताको लागि निर्णायक संघर्ष गर्ने”निर्णय गरेको मोर्चाकी अध्यक्ष कुमारी बबिताले बताइन् ।
कार्यक्रममा आजपा महासचिव उपेन्द्र साह, सचिव समिना हुसैन लगायतका नेताहरूको उपस्थितिमा रहेको थियो ।