
आइसीसी यू-१९ विश्व कप क्रिकेटमा भारतले विजयी शुरूआत गरेको छ । शनिबार बंगलादेशलाई ८४ रनले हराउँदै भारतले विश्वकपको यात्रा शुरू गरेको हो ।
२५२ रनको मध्यम पछ्याएको बंगलादेश ४५.५ ओभरमा १६७ रनमा अलआउट भयो ।
बंगलादेशका मोहम्मद साहिब जेम्सले ५४ रन बनाएका थिए । अरिफुल इस्लामले ४१ रन जोडे । शेख पेभेज जिबोनले १५, अस्विकुल रहमान शिवी र जिशान आलमले समान १४ रन थपेका थिए ।
भारतका लागि सौम्य पाण्डेले ९.५ ओभरमा १ मेडनसहित २४ रन दिएर ४ विकेट लिएका थिए । मुसिर खानले २, राज लिम्बानी, अस्रिन कुलकर्णी र प्रियान्सु मोलियाले समान १ विकेट लिएका थिए ।
दक्षिण अफ्रिकामा जारी विश्व कपमा त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको भारतले ५० ओभरमा ७ विकेट गुमाउँदै २५१ रन बनाएको थियो । भारतका लागि ओपन आर्दश सिंह र उदय साहारनले अर्धशतक बनाएका थिए ।
आर्दशले ७६ र उदयले ६४ रन बनाएका थिए ।
बंगलादेशका मरुफ मृधाले ८ ओभरमा १ मेडनसहित ४३ रन दिएर ५ विकेट लिए । चोधुर मोहम्मद रिजवान र मफुजुर रहमान रवीले समान १ विकेट लिए ।