०५ असार २०८३, शुक्रबार

ल्यापटप र क्यामरा किन्न प्रेस काउन्सिलले पैसा दिने, सूचना प्रकाशित

माघ ७, २०८०
काठमाडौं
ल्यापटप र क्यामरा किन्न प्रेस काउन्सिलले पैसा दिने, सूचना प्रकाशित

प्रेस काउन्सिल नेपालले ल्यापटप र क्यामरा खरिदमा पत्रकारलाई अनुदान दिने निर्णय गरेको छ । जसअनुसार काउन्सिलले आइतबार एक सूचना जारी गर्दै ३० वटा ल्यापटप खरिदका लागि अनुदान दिन लागिएको जानकारी दिएको छ । अनुदान एक ल्यापटप बराबर ४० प्रतिशत उपलब्ध गराइने सूचनामा उल्लेख छ । यस्तै क्यामरा ६ वटा खरिदमा ३० देखि ४० प्रतिशत अनुदान दिइने छ । 

काउन्सिलका अनुसार एक पत्रकार वा सञ्चारगृहबाट एकमात्र सुविधानका लागि आवेदन दिन सकिनेछ । दुर्गम, स्थानीय सञ्चारमाध्यम र यसअघि उपलब्ध नभएका जिल्लालाई पहिलो प्राथमिकता दिइने भन्दै काउन्सिलले ३५ दिनभित्र आवेदन दिन सकिने जनाएको छ ।

काउन्सिलले मिडिया विकास कोषको स्वीकृत नीति एवम् बजेट तथा कार्यक्रमअनुसार आर्थिक वर्ष २०८०/०८१ का लागि अनुदान कार्यक्रम तय गरेको हो । 
यसैगरी लागेको काउन्सिले १० जनालाई लेखनवृत्ति, ७ जनालाई सोधपत्र लेखन र यस्तै एक सञ्चारकेन्द्र स्थापनामा पनि अनुदान दिनेछ । 

null

salt training

कमेन्ट गर्नुहोस्