१९ असार २०८३, शुक्रबार
नेपाल फर्किए प्रधानमन्त्री

प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता

माघ ७, २०८०
काठमाडौं
प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता
फाइल तस्वीर

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फर्किएका छन् । अफ्रिकी राष्ट्र युगान्डाको राजधानी काम्पालामा भएको असंलग्न आन्दोलन (नाम)को दुई दिने १९औँ शिखर सम्मेलनलमा भाग लिन युगान्डा पुगेका उनी आज बिहान स्वदेश फर्किएका हुन् ।

उनी केही बेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेका छन् । प्रधानमन्त्री प्रचण्डलाई विमानस्थलामा सभामुख देवराज घिमिरे, उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्कालगायतले स्वागत गरे । 

null

प्रधानमन्त्री प्रचण्डको नेपाल आगमनका दौरान विमानस्थलमा केही उठानहरू प्रभावित भएका थिए । 

प्रधानमन्त्री प्रचण्ड नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत बिहीबार युगान्डा प्रस्थान गरेका थिए । प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी सुपुत्री गङ्गा दाहाल, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, परराष्ट्र सचिव सेवा लम्साल, नेपाल सरकारका वरिष्ठ अधिकारीहरू सहभागी छन् । 

नेपाल असंलग्न आन्दोलनको संस्थापक सदस्य हो र यसको स्थापनादेखि नै सबै नाम शिखर सम्मेलनमा सक्रिय रूपमा सहभागी हुँदै आएको छ । असंलग्नताको सिद्धान्त नेपालको परराष्ट्र नीतिको आधारभूत सिद्धान्तमध्ये एक हो । 

salt training

कमेन्ट गर्नुहोस्