०१ असार २०८३, सोमबार

स्क्वायर होटलकी सञ्चालक देवकोटा पक्राउ

माघ ७, २०८०
काठमाडौं
स्क्वायर होटलकी सञ्चालक देवकोटा पक्राउ
फाइल फोटो

ललितपुरको पुल्चोकस्थित स्क्वायर होटलकी सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा होटलकी सञ्चालक ललिता देवकोटा भण्डारी छिन् । उनलाई शनिवार पक्राउ गरिएको ललितपुर प्रहरीका एसपी नवराज कार्कीले जानकारी दिए ।

उनका अनुसार अर्की सञ्चालक रोमी अर्याल भने फरार छिन् । उनीहरू नातामा सासु - बुहारी हुन् ।

अर्यालको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ।

गत भदौमा जाउलाखेलका सजीलमान शाक्य होटल स्क्वायरमा स्विमिङ गर्ने क्रममा करेन्ट लागेर बेहोस भएका थिए । ४१ वर्षीय सजिलमान झण्डै पाँच महिनादेखि अचेत अवस्थामा छन्। उनको उपचार भइरहेको छ ।

त्यसपछि उनको परिवारले होटलका सञ्चालकहरू अर्याल र भण्डारीविरूद्ध जाहेरी दिएका थिए। 

salt training

कमेन्ट गर्नुहोस्