
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले विषयगत समितिका सभापतिहरूसँग छलफल शुरू गरेका छन् ।
सिहंदरबारस्थित सभामुखको कार्यकक्षमा आइतबार दिउँसो बैठक जारी छ ।
सभामुख घिमिरेले शनिवार प्रतिनिधिसभाअन्तर्गतका सबै विषयगत समितिका सभापतिहरूलाई छलफलका लागि बोलाएका थिए ।
बैठकमा समितिमा रहेका विधेयकहरूको अवस्था लगायतका विषयमा छलफल हुने जनाइएको छ ।