०६ असार २०८३, शनिबार

फिल्म ‘जिग्री’ फागुनमा प्रदर्शन हुने, पोस्टर सार्वजनिक

माघ ७, २०८०
काठमाडौं
फिल्म ‘जिग्री’ फागुनमा प्रदर्शन हुने, पोस्टर सार्वजनिक

सुस्केरा आर्ट्सको निर्माण तथा प्रस्तुति रहेको फिल्म ‘जिग्री’को प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण टिमले आइतवार तीन फरक पोस्टर सार्वजनिक गर्दै फिल्म फागुन ४ गते रिलिज हुने जानकारी गराएको हो । 

कमेडी–क्राइम–एक्सन–ड्रामाको मिश्रण रहेको यो फिल्मलाई आकाश मगरले निर्देशन गरेका हुन् । फिल्ममा कलाकारहरू अभय राज बराल, आकाश मगर, सुशील राज पाण्डे, पशुपति राई, सुप्रिया राना, रोशन सुवेदी, जीवन बराल, वासुदेव खनाल, नवीन लम्साल, केदार श्रेष्ठ, दिवाकर घिमिरे, सुशीला लक्ष्मी महर्जन, मनिष व्याञ्जु, स्नेहा रसाइली, अर्जुन पौडेल, शंकर भण्डारी लगायतको अभिनय छ ।

फिल्म ‘जिग्री’ काठमाडौँमा अनेकन् महत्वकांक्षा बोकेर आएका फरक व्यवहार भएका दुई युवाको कथा हो । ती युवाहरूले महँगी र अभावमा पिल्सिँदै काठमाडौँमा टिकेर बस्नका लागि गरेको सङ्घर्ष फिल्मको मुख्य विषयवस्तु रहेको निर्देशक मगरले बताए ।

वर्तमान समयमा आम नेपाली युवाहरूको परिश्रम अनुसारको आम्दानी नहुने अवस्था र त्यस अवस्थाले निम्त्याएका घटनाहरूलाई ‘जिग्री’ले कमेडी, क्राइम र एक्सन शैलीबाट दर्शकमाझ देखाउन खोजेको उनले बताए । 

फिल्मका कार्यकारी निर्माता कुसुम थापा मगर र निर्माता कुमार श्रेष्ठ रहेका छन् । फिल्ममा छायाङ्कन सुमित भट्ट र सोमित माझी, सम्पादन र कलर सरुन मानन्धर, ध्वनि परिकल्पना र मिश्रण किशोर आचार्य, प्रोडक्सन डिजाइन आकी थेक्पा, सङ्गीत सुवास पौडेल र भास्कर स्वाँर, कास्टिङ निर्देशक केदार श्रेष्ठ र भिएफएक्स लुज राजभण्डारीको रहेको छ । केही दिनमा फिल्मको टिजर सार्वजनिक गर्ने तयारी छ छ । 

फिल्मको वितरण सुस्केरा आर्ट्सले गर्ने छ ।

salt training

कमेन्ट गर्नुहोस्