०९ असार २०८३, मंगलबार

छिमेकीबाट बालिका असुरक्षित

कात्तिक २०, २०७४
छिमेकीबाट बालिका असुरक्षित
छिमेकीबाट बालिका असुरक्षितकाठमाडौँ, १९ असोज - नेपालमा बलात्कृत बालिकामध्ये ४५ प्रतिशत छिमेकीबाट बलात्कार हुने गरेको एक अध्ययनले जनाएको छ । केन्द्रीय बालकल्याण समितिले २०७३ को साउनदेखि २०७४ असार मसान्तसम्मका विभिन्न सञ्चारमाध्यममा प्रकाशित बाल संरक्षणसँग सम्बन्धित घटना समावेश गरी तयार पारेको प्रतिवेदनमा ४५ प्रतिशत बालिका छिमेकीबाट बलात्कृत हुने गरेको तथ्य सार्वजनिक गरेको खबर गोरखापत्रमा छापिएको छ ।child rape

समितिले एक वर्षको अवधिमा सञ्चारमाध्यममा ९६ जना बालिका बलात्कार भएका घटना सार्वजनिक भएको जनाएको छ । समितिको प्रतिवेदनमा सबैभन्दा बढी छिमेकीबाट ४५ प्रतिशत (४३ जना), चिनजानको व्यक्तिबाट २९ प्रतिशत (२८ जना), आफ्नै बुवाबाट १३ प्रतिशत (१२ जना), शिक्षकबाट सात प्रतिशत (सात जना) र घरेलु श्रमिक बालिका मालिकबाट छ प्रतिशत (छ जना) बालिका बलात्कार भएको उल्लेख गरिएको छ ।
प्रतिवेदनअनुसार ९६ बालिका बलात्कृतका घटनामा पीडकको रूपमा १२१ जना व्यक्ति प्रत्यक्ष संलग्न देखिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्