१८ असार २०८३, बिहीबार

अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा: राजविराजमा सार्वजनिक बिदा, माछा-मासु बेच्न नपाइने

माघ ७, २०८०
काठमाडौं
अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा: राजविराजमा सार्वजनिक बिदा, माछा-मासु बेच्न नपाइने

सप्तरीको राजविराज नगरपालिकाले यही माघ ८ गते (भोलि) सार्वजनिक बिदा दिएको छ ।​

नगरपालिकाले आइतवार एक विज्ञप्ति जारी गर्दै अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा हुने दिन राजविराजमा सार्वजनिक बिदा दिने निर्णय गरिएको जानकारी दिएको हो ।​​​​​

'यही मिति २०८० माघ ८ गते तद् अनुसार २०२४ जनवरी २२ तारिख सोमवारका दिन मित्र राष्ट्र भारतको पावन नगरी अयोध्यामा नवनिर्मित राम मन्दिरको भूतलको गर्भ गृहमा श्री रामको बाल स्वरूपको नयाँ मूर्तिको प्राण प्रतिष्ठा हुने भएकोले सो दिन यस राजविराज नगरपालिकाभित्र कुनै पनि पशुपंक्षी, जीवजन्तु आदिको बध, मदिरा, माछा, मासुको बिक्री वितरण लगायतका कार्यहरू नगरी दिनुहुन सबै सरोकारवालाहरू तथा व्यवसायीहरूमा यसै सूचनाद्वारा सूचित गरिन्छ', जारी विज्ञप्तिमा भनिएको छ ।

null

salt training

कमेन्ट गर्नुहोस्