०४ असार २०८३, बिहीबार

तोडियो परम्परा, लाखे नाचमा रमाउँदै सविना

कात्तिक २०, २०७४
तोडियो परम्परा, लाखे नाचमा रमाउँदै सविना
काठमाडौँ,१९ असोज - लाखे नाचमा महिला लाखे बन्न नहुने प्रचलन थियो तर यो परम्परा तोडिएको छ । भक्तपुरको वागेश्वरी क्याम्पसकी छात्रा सविना सैँजू महिला लाखेको भूमिकामा देखापरेकी छन् । उनको लाखे नाच कुनै जात्रापर्व विशेषमा मात्र नभएर अघिपछि पनि देख्न पाइन्छ ।6b248a648a2a48bd1693d5f5faa3570d

सूर्यमढिका टोलवासी युवा समुदायको संस्था पासा पुचःमा सहभागी भएर सैँजूले विगत तीन वर्षदेखि लाखे बनेर नाच प्रस्तुत गरिरहेकी छन् । सैँजू भन्छिन् , “लाखे नाच हेर्न चाहनेलाई पुचःको स्वीकृतिमा यो नाच देखाउने गरिएको छ । ”
हराइरहेको संस्कृतिको जगेर्ना आवश्यक ठानेर आफू लाखे बन्न उत्साहित भएको उनले बताइन् । “गहु्र्ङ्गो मुकुट, मुकुट अड्याउन टाउकोमा बेर्नुपर्ने कपडाको मुठा, लाखेको पोशाक र निरन्तर एक घण्टासम्मको नाच गर्न कम्ता गाह्रो छैन तर यसमा महिला सहभागिता हुनु साहसकै कुरा हो,” भक्तपुर महाकाली नाचका मूल नाइके तुल्सीनारायण दण्डेख्याले भने, गोरखापत्रमा खबर छन् ।

salt training

कमेन्ट गर्नुहोस्