१३ असार २०८३, शनिबार

युवतीको यस्तो बयान आउँदा पनि छुटेनन् देवनारायण

कात्तिक २०, २०७४
युवतीको यस्तो बयान आउँदा पनि छुटेनन् देवनारायण
राजविराज, १९ असोज— भारतीय जेलमा रहेका सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका देवनारायण यादव र उनका छोरा अजय बुधबार पनि रिहा हुन सकेनन् । भारतीय युवती भगाएको आरोपमा गत शनिबार यादव बाबुछोरालाई पक्राउ गरी कुनौली थानाका इन्चार्ज विनोद यादवले अपहरण मुद्दा लगाई सुपौल जिल्लास्थित वीरपुर कारगारमा चलान गरेका थिए ।ramnarayan_yadab-copy
उनको रिहाइका लाििग गृहमन्त्री जनार्दन शर्माले प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेलाई पहल गर्न निर्देशन दिएपछि उनको नेतृत्वमा सुरक्षा निकायका प्रमुखसहित एक टोलीले रिहाईको लागि अनुरोध गरिरहेको भएपनि रिहाई हुन नसकेको खबर राधानी दैनिकमा छापिएको छ ।
बुधबार वीरपुरस्थित न्यायालयमा दिउँसो ३ बजेदेखि मात्र अपहरणमा परेको भनिएकी भारतीय युवती ज्योतिको प्रारम्भिक बयान लिन काम सुरु गरिएको छ । युवतीले अपहरण नभई देवनारायणको छोरा अजयसँग राजीखुसीमा बिबाह गरेको बयान दिएकी छिन् ।

salt training

कमेन्ट गर्नुहोस्