०३ साउन २०८३, आइतबार

मस्को जाँदै गरेको एयर एम्बुलेन्स अफगानिस्तानमा दुर्घटना, चार जनाको जिवितै उद्धार

माघ ८, २०८०
काठमाडौं
मस्को जाँदै गरेको एयर एम्बुलेन्स अफगानिस्तानमा दुर्घटना, चार जनाको जिवितै उद्धार

मस्को जाँदै गरेको एयर एम्बुलेन्स अफगानिस्तानमा दुर्घटना भएको पत्ता लागेको छ । विमान बदख्सान प्रान्तको कुफ अब जिल्लामा फेला परेको बीबीसीले जनाएको छ ।

दुर्घटनामा चार जना बाँच्न सफल भएको र दुईजनाको बारेमा जानकारी सङ्कलन भइरहेको समाचारमा जनाइएको छ ।

मोरक्कन-रेजिष्टर्ड डसल्ट फाल्कन विमान एयर एम्बुलेन्सको रूपमा सञ्चालन भइरहेको थियो र थाइल्याण्डबाट मस्को जाँदै थियो । जहाजमा चालक दलका सदस्यसहित ६ जना सवार रहेको बताइएको छ ।

अधिकारीका अनुसार यो विमान इन्धनका लागि भारतको गया एयरपोर्टमा रोकिएको थियो । गया विमानस्थलबाट इन्धन भरेपछि शनिबार साँझ ४:०२ बजे विमान उडेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्