०७ साउन २०८३, बिहीबार

साउदी अरेबिया एसियन कपको अन्तिम १६ मा

माघ ८, २०८०
काठमाडौं
साउदी अरेबिया एसियन कपको अन्तिम १६ मा

उपाधि दाबेदार मध्येको एक साउदी अरेबिया कतारमा जारी एसियन कपको अन्तिम १६ मा प्रवेश गरेको छ । गएराति सम्पन्न खेलमा किर्गिस्तानलाई  २–० ले हराउँदै साउदी अन्तिम १६ मा पुगेको हो । 

खेलको नवौं मिनेटमा नै अइजार अक्माटोभले रातो कार्ड पाएपछि किर्गिस्तान दश जनामा सीमित भएको थियो ।

त्यसको फाइदा उठाउँदै ३५औं मिनेटमा साउदीले अग्रता लियो । मोहम्मद कान्नोले गोल गर्दै बलियो मानिएको साउदीले खेलमा अग्रता लियो । ५२औं मिनेटमा किमी मर्कले पनि रातो कार्ड पाएपछि किर्गिस्तान नौं जनामा सीमित भएको थियो ।

तर साउदीले दुई जनाको अग्रता भएपनि दोस्रो गोल गर्दा भने ८४औं मिनेटसम्म कुर्नु परेको थियो । फैसल अल-घाम्दीले गोल गर्दै साउदीको जीत सुनिश्चित गरेका थिए ।

साउदीको दुई खेलमा ६ अंक भएको छ । दोस्रो स्थानमा रहेको थाइल्याण्डको दुई खेलमा ४ अंक छ । ओमानको १ अंक रहँदा किर्गिस्तान अंकविहीन छ ।

salt training

कमेन्ट गर्नुहोस्