
विशेष अदालतले तत्कालीन संविधान सभाका सदस्य इच्छाराज तामाङलाई सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर गरेको छ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय तेजनारायणसिंह राई र सुरारीबाबु श्रेष्ठको इजलासले तामाङलाई दोषी ठहर गरेको हो।
सो मुद्दामा अदालतले तामाङ पत्नी सिर्जना, केशबलाल श्रेष्ठ र मीनाकुमारी श्रेष्ठलाई पनि दोषी ठहर गरेको छ। प्रतिबादी बनाइएका इच्छाराजकै छोरोहरू प्रतिष्ठा तामाङ र प्रतीक्षा तामाङलाई भने अदालतले सफाइ दिएको छ ।
सिभिल सहकारीका अध्यक्षसमेत रहेका इच्छाराज तामाङलाई यसअघि नै थुनामा पठाएको थियो। सहकारी ठगीको मुद्दा भने जिल्ला अदालतमा विचाराधीन छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले इच्छाराज तामाङसहित छ जनाविरुद्ध २०७२ भदौ १६ गते मुद्दा दायर गरेको थियो । विभागले सबै प्रतिबादीसँग गरी झन्डै पाँच अर्ब रुपियाँ बिगो दाबी गरेको थियो। उनीहरूका नाममा रहेको जग्गा र अन्य सम्पत्ति जफतको दाबी पनि विभागले गरेको थियो । योरखापत्रमा खबर छ ।