
काठमाडौंका केही स्थानमा आज विद्युत् सेवा आपूर्ति बन्द भएको छ । काठमाडौंका केही स्थानमा विद्युत् सेवा अवरुद्ध हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले जारी गरेको सूचनाअनुसार चपली घुम्ती चोकदेखि बूढानीलकण्ठसम्मको क्षेत्रमा आज विद्युत् सेवा अवरुद्ध हुने छ । बिहान ९ देखि दिउँसो १ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ ।
आज महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्नुपर्ने भएकाले विद्युत् सेवा अवरुद्ध हुने भएको हो ।