२६ जेठ २०८३, मंगलबार

बुटवलस्थित सुजुकी मोटर पार्ट्सको गोदाममा आगलागी

माघ ८, २०८०
बुटवल
बुटवलस्थित सुजुकी मोटर पार्ट्सको गोदाममा आगलागी

बुटवलको कालिकानगरस्थित सुजुकीको मोटर पार्ट्सको गोदाममा आगलागी भएको छ ।​​

साेमवार दिउँसो बुटवल-९ कालिकानगरमा अवस्थित मुक्तिनाथ अटोमोटिभ ट्रेडर्स एण्ड कार पार्ट्सको गोदाममा आगलागी भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए ।

गोदाममा दिउँसो करिब साढे १२ बजेदेखि लागेको आगो निभाउन बुटवल उपमहानगरपालिका, प्रहरी तालिम केन्द्र बुटवल, सैनामैना तथा सिद्धार्नगर नगरपालिकाको दमकल प्रयोग गरिएको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीसहित स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक पण्डितले बताए ।

विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरिए पनि घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । आगलागीबाट दुई करोड बढीको क्षति भएको अनुमान गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्