२८ जेठ २०८३, बिहीबार

एमालेबाट प्रदेश सभाका लागि ६ जना सिफारिस

कात्तिक २०, २०७४
एमालेबाट प्रदेश सभाका लागि ६ जना सिफारिस

लमजुङ, १९ असोज– आसन्न प्रदेश सभा निर्वाचनका लागि नेकपा एमाले लमजुङबाट ६ जनाको नाम सिफारिस भएको छ ।

एमाले प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटीको बुधबार बसेको बैठकले सुझावसहित दुई निर्वाचन क्षेत्रका लागि छजनाको नाम जिल्ला कमिटीमा पेश गरेको हो ।

एमाले लमजुङका अनुसार निर्वाचन क्षेत्र नं १ बाट जिल्ला अध्यक्ष धनञ्जय दवाडी, भीमबहादुर गुरुङ र विष्णुमाया गुरुङलाई प्रदेशसभाको उम्मेदवार बनाउन सिफारिस गरेको छ । यस्तै, क्षेत्र नं २ बाट जिल्ला सचिव कृष्णप्रसाद अधिकारी, डा भीष्मनाथ अधिकारी र सीता गुरुङको नाम सिफारिस गरेको छ ।

कमिटीले सुझावसहित पेश गरेको नामावलीलाई २० गते जिल्ला कमिटीको बैठकमा छलफल गरी प्रदेश कमिटीमा सिफारिस गरिने जिल्ला अध्यक्ष धनञ्जय दवाडीले बताए ।

जिल्ला कमिटीको बैठकले प्रतिनिधि सभा र प्रदेशतर्फका समानुपातिक उम्मेदवारका आकांक्षी छनोट गरी प्रदेश कमिटीमा सुझावसहित पेश गर्ने अध्यक्ष दवाडीले बताए ।

salt training

कमेन्ट गर्नुहोस्