१२ साउन २०८३, मंगलबार

ताजिकिस्तान नकआउट चरणमा

माघ ९, २०८०
काठमाडौं
ताजिकिस्तान नकआउट चरणमा

एसियन कप फुटबलमा ताजिकिस्तान नकआउट चरणमा पुगेको छ ।  गएराति भएको खेलमा १० जनामा सीमित लेबनानविरुद्ध २–१ को जीत निकाल्दै ताजकिस्तान नकआउट चरणमा पुगेको हो । 

कस्सेम एल जैन ५७औं मिनेटमा रातो कार्ड खाँदै मैदान बाहिरिन पुगेपछि लेबनान १० खेलाडीमा सीमित भएको थियो । त्यसको फाइदा उठाउँदै ताजिकिस्तान २ गोल फर्काउन सफल भएको थियो । यसअघि बासेल ज्रादिले ४७औं मिनेटमा गोल गर्दै लेबनानलाई खेलमा अग्रता दिलाएका थिए । 

पार्भिजहोन उमारबाएभले ८०औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । इन्ज्युरी समयको पहिलो मिनेटमा एहसोन पान्जसान्बेको क्रसमा नुरिदिन खाम्रोकुलोभले सुन्दर हेडर गोल गर्दै ताजिकिस्तानलाई जीत दिलाए ।

salt training

कमेन्ट गर्नुहोस्