२९ जेठ २०८३, शुक्रबार

कर्णालीको समृद्धिका लागि ब्यवसायिक कृषिलाई जोड दिनुपर्छः मुख्यमन्त्री शर्मा

माघ ९, २०८०
सुर्खेत
कर्णालीको समृद्धिका लागि ब्यवसायिक कृषिलाई जोड दिनुपर्छः मुख्यमन्त्री शर्मा

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कृषि र वनमा आधारित उद्योगमा जोड दिएमा कर्णालीको समृद्धि सम्भव हुने बताएका छन् । 
कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय वीरेन्द्रनगर सुर्खेतको दोस्रो त्रैमासिक प्रगति  समीक्षा गोष्ठीलाई सम्वोधन गर्दे मुख्यमन्त्री शर्माले कृषि  र पशुपालनका क्षेत्रमा गरिने ब्यवसायिक प्रयोगले जनताको जीवन स्तर उकास्न सकिने भएकाले कृषि मन्त्रालय र त्यस मातहतको जनशक्तिको योगदान धेरै महत्वपूर्ण रहने बताए । उनले भने, ‘यहाँको माटोको अवस्था, वातावरण आदिमा सुहाउँदो कृषि र पशुपालनलाई ब्यवसायिक बनाऔँ ।’
मूल्यश्रृङखलामा आधारित भएर कर्णालीमा उत्पादित रैथाने वालिको विस्तार र  उत्पादित वस्तुको प्रमाणिकरण मार्फत  वजार सम्म पुरयाउन पनि सरकारको प्राथमिकता रहेको उनले बताए । 
कार्यक्रममा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भीम प्रकाश शर्माले किसानलाई आफ्नो पेशा प्रति निराश हुन नदिने बताए । 
अर्धबार्षिक प्रगति  समीक्षा गोष्ठी गत कार्तिक१७ जाजरकोट केन्द्रविन्दु बनाएर गएको भूकम्प परि ज्यान गुमाउनुहुने १५४ जना किसानको सम्झनामा मौनधारण गरि सुरु गरिएको थियो  । कर्णाली प्रदेशका १० जिल्लाका कार्यालय प्रमुखहरुको सहभागिता रहेको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्